Main News

बागमती प्रदेशको नीति तथा पारित गर्न एमालेको नेपाल समूह तयार

हिमालय टिभी
२०७८ जेठ २९ गते १३:३९
बागमती प्रदेशको नीति तथा पारित गर्न एमालेको नेपाल समूह तयार

२९ जेठ २०७८ बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेकपा एमालेको नेपाल–खनाल समूहले नीति तथा कार्यक्रम पारित गराउन तयार भएको छ ।

एमालेको बागमती प्रदेशको संसदीय दलले प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम एकढिक्का भएर पारित गर्ने निर्णय गरेको हो ।

संसदीय दलको आज बिहान बसेको बैठकमा मुख्यमन्त्री पौडेल र माधवकुमार नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पारित गर्न सांसदलाई निर्देशन दिनुभयो ।

शाक्यले संसदीय दलको बैठकमा बागमती प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।

संसदीय दलका नेता पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुवै पक्षका सांसदहरु सहभागी भएका थिए । नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णायर्थ पेश हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *