Main News

आत्मालोचनासहित प्रदेश सांसद वैद्यले लिए प्रधानमन्त्रीविरुद्धको विवादास्पद अभिव्यक्ति फिर्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २९ गते १३:२८
आत्मालोचनासहित प्रदेश सांसद वैद्यले लिए प्रधानमन्त्रीविरुद्धको विवादास्पद अभिव्यक्ति फिर्ता (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७८ काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा कांग्रेस नेता नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिनुभएको छ ।

आज प्रदेश सभाको बैठक शुरु भएलगत्तै सभामुखसँग समय मागेर वैद्यले हिजो भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गर्नुभएको छ ।

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्या हिंसमा विश्वास नगर्ने र गान्धीवादी नेता भएको दावी गर्नुभएकोछ । आवेशमा आफूबाट गलत अभिव्यक्ति आएको भन्दै वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिनुभयो ।

प्रदेशसभा बैठक शुरु भएलगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सजालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गरेको बताउनुभयो । संसदमा बोलेको कुरामा कहीँ कतै मुद्दा नलाग्ने भन्ने बुझेर आफूले बढी नै बोलेको उहाँले स्वीकार गर्नुभयो ।

वैद्यले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले त्यो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *