Main News

निषेधाज्ञाको बेला कपिलवस्तुमा किन भयो यस्तो भीड ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २९ गते ६:४२
निषेधाज्ञाको बेला कपिलवस्तुमा किन भयो यस्तो भीड ? (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७८ कपिलवस्तु । सरकारले कोरोना संक्रमण रोकथामका लागि भन्दै देशका सबैजसो जिल्लामा निषेधाज्ञा जारी गरेको छ । तर प्रशासनले नै गलत नियम बनाउँदा ठाउँ ठाउँमा निषेधाज्ञाकै खिल्ली उडाउने र उल्टै कोरोना संक्रमण बढाउने दृश्य देखिने गरेका छन् । यस्तै दृश्य कपिलवस्तुको तौलिहवामा पनि देखिएको छ ।

यो कपिलवस्तको तौलिहवाको राष्ट्रिय बाणिज्य बैङ्कमा लागेको लाम हो । यो लाम यस्तो बेलामा लागेको छ जुन बेला कोरोना संक्रमण हुने भन्दै सरकारले निषेधाज्ञा लगाएको छ । र प्रशासनले हिँडडुल गर्न रोक लगाएको छ ।

भेला हुन बन्देज गरेको छ । तर सरकारका ती सबै निर्णयलाई चुनौती दिँदै तौलिहवामा यो भीड देखिएको हो । बैंक तथा वित्तिय संस्थालाई हप्तामा ३ दिनमात्र खोल्न दिएपछि यो भीड बढेको हो ।

सेवाग्राही कोरोना संक्रमणको जोखिम मोलेरै चर्को घाममा पनि लाम लाग्न बाध्य छन् ।

कोरोना संक्रमणबाट जोगिने र नागरिकले धेरै सास्ती खेप्नु नपर्ने एउटा सामान्य उपायसमेत बैंकले अपनाउन सकेको छैन ।

सेवाग्राहीले भनेजस्तै दैनिक बैंङ्क खोलेमा, टोकन प्रणाली लागू गरेमा सेवाग्राही यसरी लाम बस्नु पर्दैन र भीड पनि कम हुन्छ । तर त्यसतिर ध्यान छैन । पहिले हप्तामा ६ दिन नै बैंक खुल्दै आए पनि पछिल्लो पटक नेपाल राष्ट्र बैंक र स्थानीय तहको निर्देशनमा हप्तामा ३ दिन मात्र बैंक खोल्ने गरेको कर्मचारी बताउँछन् । किसानलाई मल तथा बिउ बिजन खरीद बिक्री गर्न खुकुलो गरिएका कारण एकै पटक सेवाग्राही बढ्दा व्यवस्थापनमा असहज भएको बैंकहरुको तर्क छ ।

स्थानीय तहले सामाजिक सुरक्षा भत्ता पनि अहिले नै जम्मा गरेका कारणले भीड बढेको प्रशासनको तर्क छ । त्यसैले प्रशानसले अहिलेको निषेधाज्ञा सकिएपछि हप्तामा छ दिन नै बैंक खुल्ला गर्ने प्रतिवद्धता जनाएको छ ।

बैंकिङ्ग सेवा अत्यावश्यक सेवा हो । मान्छेलाई जुनसुकै बेला पैसाको खाँचो पर्न सक्छ । तर नियम बनाउनेहरुले यो कुरा नबुझ्दा बैंकको सेवा रोकिएको छ ।

हप्तामा छ दिन खुल्नु पर्ने बैंक ३ दिन मात्रै खुल्दा सेवाग्राही बढेर समस्या निम्तिएको छ । र उल्टै संक्रमणको जोखिम बढेको छ । त्यसैलै निषेधाज्ञाको नियम बनाउनेले यसतिर पनि सोच्ने कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *