Main News

संसद विघटन गैरसंवैधानिक रहेको सर्वदलीय बैठकको ठहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २८ गते १९:१८
संसद विघटन गैरसंवैधानिक रहेको सर्वदलीय बैठकको ठहर (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय छलफलले संसद विघटन गैर संवैधानिक भएकाले सर्वोच्च अदालतले पुनर्स्थापना गनुपर्नेमा जोड दिएको छ ।

अदालतले संसद पूनस्थापना गर्नु नै अहिलेको निकास हुने छलफलको निष्कर्ष छ । बैठकपछि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढेकोले सबै त्यसका विरुद्ध मिलेर जान एकमत भएको र संसद पूनस्थापना नै अहिलेको निकास भएको बताउनुभयो ।

दलहरुले सर्वोच्च अदालतबाट संसद पूनस्थापना भएर न्याय हुने पनि विश्वास व्यक्त गरेका छन ।

संविधान र व्यवस्थानै असफल पार्ने कोशिस भैरहेकोले त्यसका विरुद्ध मिलेर लड्नुको पनि विकल्प नभएको विषयमा पनि छलफल भएको पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

छलफलमा सभामुख सापकोटाले लोकतन्त्रको रक्षाका लागि आफूले संविधान अनुसार सक्रियतापूर्वक लाग्ने बताउनुभएको छ । सभामुख सहितको छलफलमा ढुंगा गिट्टी निकासी गर्ने सरकारी योजनाको विरोध समेत भएको छ ।

छलफलमा सभामुख सापकोटाले संसद र लोकतन्त्र बचाउने काम गर्न तयार रहेको बताउनुभएको छ । संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव, राप्रपाका नेता दीपक बोहरा,नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको पनि सहभागीता थियो । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाए पनि सहभागी हुनुभएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *