Main News

कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु, ३७५० जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ २८ गते १७:५३
कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु, ३७५० जना संक्रमित थपिए

२८ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ । ३ हजार ७ सय ५० संक्रमित थपिएका छन् ।

देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण घटे पनि मृत्यदर उल्लेख्य रुपमा कम हुन सकेको छैन ।

पछिल्लो पटक ९ हजार ५ सय ९८ पीसीआर परीक्षण गर्द २७ सय ९ र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण गर्दा एक हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा थप ११ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये काठमाडौँमा ९ सय २१, ललितपुरमा १ सय ६३ र भक्तपुरमा ५६ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो पटक ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७५ हजार २ सय ७५ मा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *