Main News

नागरिकतासम्बन्धी अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलतः अध्यक्ष ठाकुर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २८ गते १७:५०
नागरिकतासम्बन्धी अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलतः अध्यक्ष ठाकुर (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नागरिकता सम्बन्धी अध्यादेश रोक्ने सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेश रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने दावी गर्नुभयो ।

ठाकुरले नागरिकता भन्ने बित्तिकै तराई मधेशको कुरा मात्रै आउने गरेपनि समस्या सिंगो देशमा रहेको बताउनुभयो ।

संसद छलेर नागरिकता जस्तो संवेदनशील विषयमा अध्यादेश ल्याएको र त्यसो गर्न नमिल्ने ठहर गर्दै सर्वोच्च अदालतले हिजो नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वन नगर्न आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नागरिकता अध्यादेश ल्याउनुभएको थियो । संसदीय समितिमा तीन वर्षदेखि रोकिएको विधेयक अघि बढाउने भन्दा प्रधानमन्त्रीले त्यसलाई सत्तामा टिक्ने दाउपेचका रुपमा ल्याएको भन्दै आलोचना भैरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *