Main News

सभामुखको आह्वानमा सर्वदलीय बैठक, प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष

हिमालय टिभी
२०७८ जेठ २८ गते १७:१९
सभामुखको आह्वानमा सर्वदलीय बैठक, प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष

२८ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा भएको सर्वदलीय छलफलले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले चलेको निष्कर्ष निकालेको छ ।

छलफलमा त्यसका विरुद्ध एक भएर ओलीका विरुद्ध संघर्ष गर्ने सहमति पनि भएको छ । तर अहिले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले फैसला पर्खिने नेताहरुले बताएका छन ।

अदालतले न्याय दिने विश्वास व्यक्त गर्दै न्याय नपाए सबै शक्ति लोकतन्त्र बचाउन लाग्ने पनि छलफलपछि नेताहरुले जानकारी दिए ।

छलफलमा सभामुख सापकोटाले संसद र लोकतन्त्र बचाउने काम गर्न तयार रहेको बताउनुभएको छ । संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव, राप्रपाका नेता दीपक बोहरा,नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको पनि सहभागीता थियो । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाए पनि सहभागी हुनुभएन ।

सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनको विरोध गर्दै आउनुभएको छ । सभामुख सापकोटाले यसअघि पूर्वसभामुख, कानुन व्यवसायी एवं राजनीतिक दलका नेतासँग परामर्श गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *