Main News

सरकारमा जानु पार्टीका लागि ठूलो अवसर होः उपप्रधानमन्त्री महतो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २८ गते १७:१७
सरकारमा जानु पार्टीका लागि ठूलो अवसर होः उपप्रधानमन्त्री महतो (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले सरकारमा सहभागितालाई जनताको सेवा गर्ने र वैकल्पिक शक्तिका रुपमा बलियो हुने अवसर भनेको छ ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जानु पार्टीका लागि ठूलो अवसर भएको दावी गर्नुभयो । पार्टीलाई वैकल्पिक शक्ति बनाउने योजनामा यसले बल पुग्ने महतोको दावी छ ।

सरकारमा सहभागिताका विषयमा पार्टीभित्रैदेखि बाहिरबाट समेत विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला महतोले प्रष्टिकरण दिनुभएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले पनि सरकारमा सहभागिताको बचाउ गर्नुभयो । सबैलाई मिलाएर परिणाम निकाल्न मुश्किल भन्दै महन्थ ठाकुर लगायतका नेताको प्रशंसा गर्नुभयो ।

जेठ २१ गते मन्त्रिपरिषद विस्तार हुँदा नपरेपछि राजकिशोर यादव असन्तुष्ट हुनुहुन्थ्यो । तर हिजो यादवलाई एक्कासी मन्त्री बनाएर उपेन्द्र यादव खेमामा जानबाट रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *