Main News

संस्कृतिविद् जोशी अस्वस्थ, किस्ट अस्पतालमा उपचार हुँदै

हिमालय टिभी
२०७८ जेठ २८ गते १४:५२
संस्कृतिविद् जोशी अस्वस्थ, किस्ट अस्पतालमा उपचार हुँदै

२८ जेठ २०७८ काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी बिरामी हुनुभएको छ । १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको छ ।

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ। जोशीलाई निमोनिया देखिएको छ।

कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ। छातीरोग विशेषज्ञ डाक्टर मिलेशजंग सिंजापति नेतृत्वको टोलीले जोशीको उपचार गरिररहेको र अझै केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ ।

चार वर्षअघि पनि फोक्सोमा पानी जमेर झण्डै एक महिना अस्पतालमा उपचार गराएर जोशीलाई निको भएको थियो । अहिले त्यही पुरानो समस्या बल्झिएको हुनसक्ने अस्पतालको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *