Main News

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी

हिमालय टिभी
२०७८ जेठ २८ गते १३:४७
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी

२८ जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्नेबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसिरहेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञा थप गर्नेबारे अहिले भर्चुअल छलफल भइरहेको छ । हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।

कोरोना संक्रमणदर नघटेकाले जारी निषेधाज्ञालाई केही परिवर्तन गरी एक साता लम्ब्याउने तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी भट्टराईले निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने भट्टराईले बताउनुभयो ।

असार एक गतेदेखि विकास निर्माणका कार्यलाई निरन्तरता दिइनेछ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ।

उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको छ । जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र निजी सवारीसाधनमा जोरबिजोर लगाउने तयारी पनि गरिएको छ ।

सार्वजनिक सवारी सञ्चालनबारे भने हाल कुनै निर्णय नहुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *