Main News

सरकारले खोप उपलव्ध नगराएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २८ गते १३:३९
सरकारले खोप उपलव्ध नगराएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७८ काठमाडौं । महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित भएको छ ।

गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुन पुगेको हो ।

काठमाण्डौ महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि चलिरहेको कार्यक्रम बाध्य भएर रोक्नुपरेको बताउनुभयो ।

नेपाल सरकारलाई गएको हप्ता चीनले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई लगाउने कार्यक्रम बनाएको थियो ।

सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरे पनि अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नुपरेको छ जनस्वास्थ्य प्रमुख कुँवरको भनाइ छ ।

अब बाँकीलाई कसरी खोप लगाउने भन्ने निश्चित छैन । महानगरले गएको मङ्गलवारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो ।

महानगरले अहिलेसम्म झन्डै २८ हजार जनालाई खोप लगाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *