स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै नागरिक अगुवा सडकमा, प्रहरीद्वारा धरपकड

२८ जेठ २०७८ काठमाडौं । शक्तिको आडमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै बृहत् नागरिक आन्दोलनले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारी तयारीविरुद्ध बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक अगुवालाई प्रहरीले पक्रेको हो ।
प्रहरीले नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतम, सरिता परियार लगायत १७ जनालाई पक्रेको छ । प्रदर्शनकारीले स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्ड बोकेका थिए ।
सरकारी अस्पतालको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिन लागेकोमा नागरिक आन्दोलनले विरोध गरिरहेको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न उसको माग छ ।
कानुन मिचेर झापाको बी एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेकोमा विरोध भैरहेको छ ।
बृहत् नागरिक आन्दोलनले सरकारले जनस्वास्थ्य जस्तो गम्भिर विषयमासमेत जनविरोधी र प्रतिगामी चरित्र प्रदर्शन गरिरहेको भन्दै बिरोध जनाएको छ।
प्रतिक्रिया