Main News
मौसम सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान
२०७८ जेठ २८ गते ९:०८

२८ जेठ २०७८ काठमाडौं । मुलुकभरमा आजको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आज साँझ पनि देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जानकारी दिएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
प्रतिक्रिया