Main News

गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री दिपक मनाङेद्वारा राजीनामा

हिमालय टिभी
२०७८ जेठ २८ गते ७:५२
गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री दिपक मनाङेद्वारा राजीनामा

२८ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री दीपक मनाङे भनिने राजीव गुरुङले पदबाट राजीनामा दिनु भएको छ ।

प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्न लागेकाले संसद् बचाउन आफू मन्त्री पद त्याग्दै विपक्षी गठबन्धनमा सामेल भएको समेत मनाङेले राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ ।

मनाङेको राजीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ । मनाङे मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा प्रदेशसभामा अनुपस्थित हुनु भएको थियो ।

नयाँ सरकार गठन गर्न या प्रदेश सभा विघटन गर्न मनाङेको मतलाई निर्णयक मानिँदै आएको छ । मनाङे मनाङ क्षेत्र नम्बर १ को ख बाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *