Main News

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

हिमालय टिभी
२०७८ जेठ २८ गते ७:३६
सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

२८ जेठ २०७८ काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न आज सर्वदलीय बैठक आव्हान गर्नु भएको छ ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । तर छलफलमा प्रधानमन्त्री ओली जाने–नजाने निश्चित भइसकेको छैन।

छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाउनु भएको छ ।

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन लाग्नु भएको हो ।

प्रतिनिधि सभा विघटन गर्नुलाई सभामुख सापकोटाले संविधानअनुसार नमिल्ने भन्नु भएको छ। सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानून व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग परामर्श लिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *