Main News
नागरिकता अध्यादेशसम्बन्धी विवादमा सवैधानिक इजलासमा सुनुवाइ हुँदै
२०७८ जेठ २७ गते ९:२५

२७ जेठ २०७८ काठमाडौं । नागरिकता अध्यादेशसम्बन्धी विवादमा सवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशी रहेको छ ।
प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउनुअघि सरकारले नागरिकता अध्यादेश जारी गरेको थियो ।
यसअघि हेर्दाहेर्दैमा रहेको मुद्दामा आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषया छलफल हुनेछ ।
सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेमा अध्यादेश रोकिनेछ । अन्तरिम जारी नभएमा अध्यादेश अनुसार नागरिकता वितरण प्रक्रिया शुुरु हुनेछ ।
प्रतिक्रिया