सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान, प्रधानमन्त्री ओलीलाई पनि आमन्त्रण

२६ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।
पर्सिका लागि बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बोलाउनु भएको छ ।
२८ गते दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ ।
नेताहरुलाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो बैठकमा संसद विघटनपछि अब के कसरी अघि बढ्ने बारेमा छलफल हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दै चुनाव घोषणा गरेपछि अन्य विपक्षी दलले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गरेका छन् ।
प्रतिक्रिया