Main News
काठमाडौंको नयाँ बानेश्वरमा आकाशे पुल
२०७८ जेठ २६ गते १८:४०
२६ जेठ २०७८ काठमाडौं । काठमाडौंको अत्यन्तै व्यस्त मानिने नयाँ बानेश्वर चोकमा आकाशे पुल हालिएको छ ।
पैदलयात्रीलाई बाटो काट्न सहज होस् भनेर यो आकाशेपुल बनाइएको हो । भुईँमा तयार पारिएको पुललाई क्रेनको सहायताले आज जडान गरिएको छ ।
निषेधाज्ञाको समयमा काम गाडी चलेको र मान्छेको ओहोर दोहोर पातलो भएको मौकामा पुल जडान गरिएको हो ।
सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरेको हो ।
यहाँ आकाशेपुल नहुँदा बाटो काट्नकै लागि पैदलयात्रुले लामो समय प्रतिक्षा गर्नुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया