Main News

सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने उपप्रधानमन्त्री पौडेलको स्पष्टिकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २६ गते १८:१५
सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने उपप्रधानमन्त्री पौडेलको स्पष्टिकरण (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबाको डाँडा नकाटिने स्पष्ट पार्नुभएको छ ।

सरकारको ढुंगा, गिट्टी र बालुवाको निर्यात गर्ने नीतिका बारेमा नेपाल वातावरण पत्रकार समूह नेफेजले गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले सिद्धबाबाको डाँडा काटेर त्यहाँको सडक सुरक्षित बनाउन सुझाव आए पनि त्यसलाई आफूले अस्वीकार गरेको बताउनुभयो ।

चुरे संरक्षणको महत्वलाई स्थापित गर्नकै लागि सिद्धबाबामा डाँडा नकाटी सुरुङ बनाउन लागिएको उहाँले बताउनुभयो । सिद्धबाबाको खानीजन्य सामग्री अन्त नलैजाने मान्यताका साथ सुरुङमार्ग निर्माण भएको मन्त्री पौडेलले बताउनुभयो ।

सरकारले व्यापार घाटा कम गर्न ढुंगा गिट्टी बालुवा निकासी गर्ने योजना बजेटमार्फत सार्वजनिक गरेको थियो । त्यसको चौतर्फी विरोध भइरहेको छ । उपप्रधानमन्त्री पौडेलले बजेटमा कतै पनि चुरेबाट उत्खनन् गर्ने उल्लेख नगरिएको भन्दै अनावश्यक रुपमा विवाद निकालिएको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले गैरकानुनी रुपले चुरेको उत्खनन् गर्ने वा वातावरणमा प्रतिकुल प्रभाव हुनेगरी उत्खनन् गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने कार्य निरुत्साहित गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *