Main News

कोरोना खोपमा खेल क्षेत्रका व्यक्ति प्राथमिकतामा : मन्त्री तामाङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २६ गते १८:१०
कोरोना  खोपमा खेल क्षेत्रका व्यक्ति प्राथमिकतामा : मन्त्री तामाङ (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोपमा खेल क्षेत्रका व्यक्तिलाई पनि प्राथमिकता दिने आश्वासन दिनुभएको छ ।

सत्तारुढ नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने र फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि खोपमा प्राथमिकता दिइने बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री तामाङ्गले सरकार कोरोना सँगसँगै नागरिकलाई अन्य रोगको उपचार पनि सहज बनाउन लागि परेको दाबी गर्नुभयो ।

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *