Main News

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु, ४ हजार ३४४ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ २६ गते १७:१०
कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु, ४ हजार ३४४ संक्रमित थपिए

२६ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक थप ४ हजार ३ सय ४४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ एन्टीजेन परीक्षणमा ८ सय ९५ नयाँ संक्रमित पहिचान भएका छन् ।

थपिएका संक्रमित मध्ये ९ सय १५ जना काठमाडौं उपत्यकामा छन् । काठमाडौँमा ६ सय ७९, ललितपुरमा १ सय ५१ र भक्तपुरमा ८५ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८० हजार ३ सय ३६ मा झरेको छ ।

हाल देशभरका विभिन्न अस्पतालमा १३ सय १२ जनाको आइसीयू र ३ सय ७५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *