Main News

सांसद थापाको पद थमौतीको आदेशविरुद्ध गण्डकी प्रदेशका सभामुखको पुनरावलोकन निवेदन

हिमालय टिभी
२०७८ जेठ २६ गते १४:४४
सांसद थापाको पद थमौतीको आदेशविरुद्ध गण्डकी प्रदेशका सभामुखको पुनरावलोकन निवेदन

२६ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पद थमौती गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन परेको छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी सहितले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिनुभएको हो ।

सभामुख अधिकारीको निवेदन आज सर्वोच्चमा दर्ता भएको छ । निवेदन लिएर अधिकारी हिजो नै सर्वोच्चमा पुगे पनि ढिलो भएकाले आज दर्ता भएको हो ।

रिटमा थापाले विपक्षी बनाएका राष्ट्रिय जनमोर्चा, उसको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेशसभा सचिवालय र सभामुखले नै पुनरावलोकन निवेदन दिएका हुन् ।

यसअघि थापाले रिटमा संसद सचिवालयलाई समेत विपक्षी बनाएर रिट दर्ता गरकोमा न्यायाधीश कुमार चुडालको इजलासले पद थमौति गर्ने अन्तरिम आदेश दिएको थियो । राष्ट्रिय जनमोर्चाले थापालाई साधारण सदस्यबाट समेत हटाइसकेको छ ।

पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी दिएको थियो ।

लगत्तै बसेको प्रदेश सभा बैठकमा सभामुख अधिकारीले थापालाई दलले कारबाही गरेको सूचना पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *