Main News
पतञ्जली योगपीठको कोरोनिल किट्स नामक औषधि विक्री वितरणमा रोक
२०७८ जेठ २६ गते १४:२९

२६ जेठ २०७८ काठमाडौं । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट्स नामक औषधि नेपालमा बिक्री वितरणमा रोक लगाएको छ ।
कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यसको विक्री वितरणमा रोक लगाएको हो ।
विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट्स नेपालको औषधि व्यवस्था विभागमा दर्ता नभएको समेत जनाएको छ । पतञ्जलीको तर्फबाट गतसाता एक हजार पाँच सय किट्स तत्कालिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बुझाइएको थियो ।
विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले उक्त किट्ले स्वास्थ्यमा असर नपर्ने देखिए पनि विभागमा दर्ता नभएकाले वितरण नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसअघि भुटानले पनि यसमा रोक लगाइसकेको छ ।
प्रतिक्रिया