Main News

अब हरेक बुधबार वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति दिइने

हिमालय टिभी
२०७८ जेठ २६ गते १३:२६
अब हरेक बुधबार वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति दिइने

२५ जेठ २०७८ काठमाडौं । वैदेशिक रोजगार कार्यालयले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तगरगतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय केहि दिनअघि गरेको थियो ।

कोभिड–१९ संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी २०७७ वैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा बन्द गरेको थियो ।

यसबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गरेको थियो ।

व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *