Main News

राष्ट्रियसभा सदस्य पाण्डेद्वारा पद तथा गोपनियताको शपथ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २६ गते १३:१५
राष्ट्रियसभा सदस्य पाण्डेद्वारा पद तथा गोपनियताको शपथ (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य पाण्डेलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको शपथ गराउनुभएको हो । शपथपछि पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आवाज उठाउने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समर्थनमा नेपाली कांग्रेसका उम्मेदवार पाण्डे लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *