Main News

नेपालले उडान खोल्ने निर्णय गरे पनि चीनले दिएन चासो

हिमालय टिभी
२०७८ जेठ २६ गते ८:१५
नेपालले उडान खोल्ने निर्णय गरे पनि चीनले दिएन चासो

२६ जेठ २०७८ काठमाडौं । सरकारले चीनका लागि उडान गर्न अनुमति दिने निर्णय गरेको एक साता बित्दा पनि चीनले उडान गर्न अनुमति माग गरेको छैन ।

एक साता अघि नागरिक उडड्यन प्राधिकरणले उडान गर्न कुनै एउटा जहाज कम्पनी नामावलीसहित उडान माग गर्न पत्र पठाए पनि अहिलेसम्म उडानका लागि अनुमति नलिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

सरकारले टर्की, कतार, चीन र भारतका लागि उडान गर्न पाउने निर्णय गरेको छ । टर्किस एअर, कतार एअर, एअर इण्डिया र नेपाल एअरलाइन्सले भने सातामा एक पटक उडान गर्ने गरी अनुमति लिई उडान शुरु गरी सकेको क्षेत्रीले जानकारी दिनुभयो ।

तर चीन सरकारले भने सुरक्षा मापदण्डमा कडाइ गरेपछि उडान गर्ने पक्षमा तत्काल नभएको बुझिएको छ । यता, चीनका लागि उडान गर्ने गरी हिमालय एअरलाइन्सलाई अनुमति लिन भने पनि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्न समस्या हुने भन्दै अनुमति लिन चाहेका छैन् ।

हाल चारवटा हवाइ कम्पनीले पाँच स्थानमा उडान गर्दै आएका छन् । यसमा टर्कीस एअरलाइन्सले सातामा एक पटक इस्तानबुल–काठमाडौं, कतार एअरलाइन्सले दोहा–काठमाडौं, एअर इन्डियाले दिल्ली–काठमाडौं, र नेपाल एअरलाइन्सले काठमाडौं– दोहा र काठमाडौं–दिल्ली उडान गर्दै आएका छन् ।

यता सरकारले अर्को निर्णय नभएसम्मका लागि भन्दै आन्तरिक उडान बन्द गरेपछि कहिलेदेखि सञ्चालन हुनेभन्ने अझैँ निश्चित नभएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *