नेपाललाई छिटो खोप देउ भन्दै बेलायतका १६ सांसदले लेखे विदेशमन्त्रीलाई पत्र

२५ जेठ २०७८ काठमाडौं । नेपाललाई तत्काल खोप लगायतका जरुरी स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।
मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ ।
कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले अन्य विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न पत्रमा आग्रह गरिएको छ । ती सांसदले नेपालको पछिल्लो स्वास्थ्य संकटबारे विदेशमन्त्रीलाई अवगत समेत गराएका छन् ।
गोर्खा सैनिकले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै ती सांसदले नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला भैसकेको उल्लेख गरेका छन् । ती १६ जना सांसद बेलायतका विभिन्न राजनीतिक दलमा आबद्ध छन् ।
प्रतिक्रिया