Main News

कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु, ५१५३ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ २५ गते १७:२६
कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु, ५१५३ संक्रमित थपिए

२५ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ सय ८ जनाको मृत्यु भएको छ । ५ हजार १ सय ५३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ एन्टीजेन परीक्षण गर्दा १ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

परीक्षणको आधारमा यो संक्रमणदर २९ दशमलव १५ प्रतिशत हो । हिजोको तुलनामा आज संक्रमणदर र मृत्यु दुबै बढेको छ ।

संक्रमणबाट हिजो ९२ जनाको मृत्यु भएको थियो । हिजो १७ हजार ९ सय ३ जनाको परीक्षण गर्दा २४ दशमलव ९७ प्रतिशतमा संक्रमण देखिएको थियो ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा १ हजार २ सय २६ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ८ सय ३६, ललितपुरमा २ सय ६९ र भक्तपुरमा १ सय २१ नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौं बाहिर झापामा सबैभन्दा धेरै ३ सय १८ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये ८२ हजार ७ सय ३६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या पनि ५ लाख ४ हजार ५ सय ३० पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म ८ हजार ९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *