Main News

प्रदेश २ मा विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध

हिमालय टिभी
२०७८ जेठ २५ गते १७:२०
प्रदेश २ मा विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध

२५ जेठ २०७८ धनुषा । प्रतिपक्षी दलले आज प्रदेश २ को संसद बैठक अवरुद्ध गरेका छन् ।

कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सांसदले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै बैठक अवरुद्ध गरेका हुन् ।

सुरुमै विपक्षी सांसदले विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोज कुमार यादवले एक घण्टाका लागि स्थगित गर्नु भएको हो ।

एमाले सांसद सुन्दर बहादुर विश्वकर्माले प्रदेश सरकारले आफुहरुको अपमान गरी स्थानीय तहमा शसर्त अनुदानको बजेट बढाएको भन्दै आपत्ति जनाउनु भयो ।

नेपाली कांग्रेसका सांसद वीरेन्द्र सिंहले स्थानीय तहको शसर्त अनुदानको योजना प्रदेश सांसदको सिफारिसमा छनोट गर्ने सहमती विपरित योजना पठाएको भन्दै आपत्ति जनाउनु भयो ।

माओवादी केन्द्रका सांसद रामकुमार यादवले प्रदेश सांसदले दिएको योजना रद्दीको टोकरीमा फ्याँकेर सरकारले आफ्नो पार्टीका नेता पाल्ने योजना स्थानीय तहमा पठाएको आरोप लगाउनु भयो ।

प्रदेशसभा बैठकमा आज ’विनियोजन विधेयक, २०७८ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । १ घण्टाका लागि स्थगित बैठक पुन शुरु भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *