Main News
कोरोनाविरुद्धको खोप व्यवस्थापनका लागि प्रयत्नरत छु : मन्त्री तामाङ (भिडियो रिपोर्टसहित)
२०७८ जेठ २५ गते १६:२७

२५ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताउनुभएको छ ।
गोकर्णेश्वर नगरपालिकाको स्थानिय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग मन्त्री तामाङले सबै नागरिकलाई खोप लगाउन सरकार लागिपरेको बताउनुभयो ।
बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लामा स्थानीय स्काउट कार्यक्रम अन्तरगत कोरोनाविरुद्ध जनचेतना कार्यक्रम सुरु गरेको छ ।
१५ दिनसम्म कार्यक्रम सञ्चालन गर्ने र प्रभावकारिता हेरेर थप गर्ने स्काउटले जनाएको छ ।
प्रतिक्रिया