Main News

विभिन्न देशबाट खरिद र अनुदानमा उपलव्ध हुने कोरोनाविरुद्धको खोप अन्योलमा

हिमालय टिभी
२०७८ जेठ २५ गते ७:५५
विभिन्न देशबाट खरिद र अनुदानमा उपलव्ध हुने कोरोनाविरुद्धको खोप अन्योलमा

२५ जेठ २०७८ काठमाडौं । विभिन्न देशबाट खरिद तथा अनुदानमा उपलब्ध गराउने भनेको कोरोनाविरुद्धको खोपको प्रतिबद्धता अन्योलमा परेको छ ।

हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् ।

पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका नागरिकमा चिन्ता थपिएको छ ।

त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशलाई पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन । उनीहरूले खोप दिन इच्छा जाहेर गरे पनि कहिले, कति मात्रामा उपलब्ध गराउने निचोड दिएका छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवादमार्फत खोप उपलब्ध गराउन आग्रह गर्नु भएको थियो ।

भारत, बेलायत, रुस र अमेरिकी राष्ट्रपतिलाई समेत खोप उपलब्ध गराउन पत्राचार गरिएको थियो । तीमध्ये भारत सरकारले भने तत्काल कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने प्रस्ट पारिसकेको छ । जबकि स्वास्थ्य मन्त्रालयले भारतलाई १० लाख मात्रा खरिदका लागि ८० प्रतिशत रकमसमेत उपलब्ध गराइसकेको छ ।

त्यस्तै, अमेरिकाले नेपाललगायतका देशलाई ‘कोभ्याक्स फ्यासिलिटी’मार्फत खोप उपलब्ध गराउने भने पनि कहिलेसम्म नेपाल आइपुग्ने भन्ने टुंगो छैन ।

नेपाल सरकारले चीनसँग पहिलो चरणमा २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको थियो । तर, चीन सरकारले ‘खोप खरिद गर्ने भए सर्त’सहितको प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *