Main News

अनलाइनबाट हुने खरिद–विक्री तथा होम डेलिभरी नरोक्न सर्वोच्चको आदेश

हिमालय टिभी
२०७८ जेठ २४ गते १८:५३
अनलाइनबाट हुने खरिद–विक्री तथा होम डेलिभरी नरोक्न सर्वोच्चको आदेश

२४ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले अनलाइनमार्फत हुने व्यापार व्यवसाय अर्थात ई–कमर्शलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन माध्यमबाट खरिद, विक्री तथा होम डेलिभरीको ई–कमर्शको सेवा प्रदान गर्ने कम्पनीको सेवामा मुद्दाको अन्तिम किनारा नभएसम्म कुनै अवरोध नगर्न आदेश दिएको हो ।

अनलाइनबाट बुकिङ्ग लिएर घरघरमा सामान पुर्‍याउन हिँडेकाहरुलाई काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएपछि प्रशासनले रोकेको थियो ।

ई–कमर्श व्यवसायबाट कोरोना भाइरस संक्रमण नहुने र पसलहरुमा भीडभाड कम हुने भए पनि प्रशासनले त्यसलाई रोकेको थियो । त्यसविरुद्ध ईकमर्श व्यवसायी सर्वोच्च अदालतमा पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *