Main News

सबै नेपालीलाई केही महिनाभित्रै कोरोनाविरुद्धको खोपः मन्त्री तामाङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २४ गते १८:१८
सबै नेपालीलाई केही महिनाभित्रै कोरोनाविरुद्धको खोपः मन्त्री तामाङ (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोनाविरद्धको खोप व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

आज भएको पत्रकार सम्मेलनमा मन्त्री तामाङले आम नागरिकको जीवन रक्षा गर्ने प्राथमिकताका साथ आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको दावी गर्नुभयो ।

उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय अपनाउने भन्दै उहाँले सबै नेपालीलाई केही महिनाभित्रै खोप लगाउने दावी पनि गर्नुभयो ।

बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै मन्त्री तामाङले बालबालिकालाई लक्षित गरी अस्पताल निर्माण गरिने पनि बताउनुभयो । उहाँले आफ्नै सम्पति विवरण पनि सार्वजनिक गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *