Main News

कोरोना संक्रमणबाट नेपालमा थप ९२ जनाको मृत्यु, ४ हजार ४७२ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ २४ गते १७:४८
कोरोना संक्रमणबाट नेपालमा थप ९२ जनाको मृत्यु, ४ हजार ४७२ संक्रमित थपिए

२४ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ । ४ हजार ४ सय ७२ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक १२ हजार २ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।

परीक्षणको आधारमा यो संक्रमणदर २४ दशमलव ९७ प्रतिशत हो । काठमाडौं उपत्यकामा १ हजार १ सय १५ संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ७ सय ९०, ललितपुरमा १ सय ९० र भक्तपुरमा १ सय ३५ नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौं बाहिर सुनसरीमा सबैभन्दा बढी २ सय ११ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९१ हजार ४ सय ९४ पुगेको छ ।

जसमध्ये ८५ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै गएको छ ।

थप ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *