Main News

एमाले संस्थापन पक्षको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २४ गते १७:१६
एमाले संस्थापन पक्षको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ सुर्खेत । नेकपा एमालेको संस्थापन पक्षका सांसदले कर्णाली प्रदेशको आठौं अधिवेशनको पहिलो बैठक नै अवरुद्ध गरेका छन् ।

संस्थापन पक्षका संसदीय दलका नेता यामलाल कँडेलले विशेष समय लिएर बोल्दै जालसाजी मुद्दामा जेल सजाय पाएका व्यक्ति सरकारी गाडी र झण्डा हल्लाउँदै संसदमा आएको भन्दै बैठक अगाडि बढ्न नदिने बताउनु भयो ।

तीन तहकै अदालतमा जालसाजी मुद्दाको सजाय भोगिससकेका व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने भन्दै उहाँले राजीनामा माग गर्नुभयो । उहाँले मन्त्री पदमुक्त नभएसम्म सदन चल्न नसक्ने बताएपछि बैठक अवरुद्ध भएको हो ।

नेकपा एमालेका सांसदले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक त्यसपछि शुरु हुन सकेको छैन । एमालेकै नेपाल खनाल समूह भने प्रदेश सरकारमा सहभागी छ ।

प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापालाइ किर्ते जालसाजी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।

जेल सजाय पाएको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै परेको रिटमा अदालतले जवाफ मागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *