Main News

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २४ गते १४:४१
असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग वैकल्पिक विधि प्रयोग गरेर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।

शैक्षिक सत्र संचालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकाले भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभए पनि वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन शैक्षिक सत्र शुरु गर्न लागिएको सरकारको भनाइ छ ।

विद्यार्थीको परीक्षा मुल्यांकन गर्ने विभिन्न विधिबारे स्थानीय सरकार र विद्यालय स्वयमले निर्णय गर्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरी व्यवस्था मिलाउने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *