Main News

संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ पर्सिसम्मका लागि स्थगित

हिमालय टिभी
२०७८ जेठ २४ गते १३:११
संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ पर्सिसम्मका लागि स्थगित

२४ जेठ २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा बिरामी परेपछि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ पर्सिसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि हिजोदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा बिरामी परेका कारण आज संवैधानिक इजलासमा सुनुवाइ नहुने भएको हो । अब बुधबार मात्र संवैधानिक इजलास बस्ने छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले आफूसहित वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गर्नुभएको छ ।

तर यो इजलासबाट निष्पक्ष फैसला नआउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले न्यायाधीश फेर्न माग गरेका छन् ।

सरकारको कानूनी सल्लाहकार रहने महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेपछि रिटमाथिको मुख्य बहस शुरु नै हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *