Main News

सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वबाहिर जाँदैनः सेनापति थापा

हिमालय टिभी
२०७८ जेठ २३ गते १९:१५
सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वबाहिर जाँदैनः सेनापति थापा

२३ जेठ २०७८ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा बाहिर नजाने स्पष्ट पार्नुभएको छ ।

कार्यकालको एक हजार दिन पुगको अवसरमा जंगी अड्डामा आज पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने बताउनुभयो ।

संसद विघटनपछि अस्थीर राजनीतिबीच सेना अगाडि आउनसक्ने अड्कलबाजी भइरहेका बेला प्रधानसेनापति थापाको भनाइ आएको हो । थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता द्वन्द्व नभएको भन्दै कुनै पक्ष त्यसतर्फ लागे राष्ट्रले पराजित गर्ने बताउनु भयो ।

ठेक्कापट्टामा कुनै अनियमितता नभएको दाबी गर्दै प्रधानसेनापति थापाले आफ्नो तीन वर्षे कार्यकाल सुमधुर ढंगले बितेको बताउनुभयो । थापाले आगामी भदौ २६ गते अवकाश पाउँदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *