Main News

कोरोनाबाट नेपालमा थप ९९ जनाको मृत्यु, ३४७९ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ २३ गते १७:०८
कोरोनाबाट नेपालमा थप ९९ जनाको मृत्यु, ३४७९ जना संक्रमित थपिए

२३ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण घटेको छ । पछिल्लो पटक ३ हजार ४ सय ७९ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् ।

दैनिक संक्रमितको यो संख्या झण्डै डेढ महिनायताकै कम हो । कुल संक्रमितको संख्या ६ लाख नाघेको छ ।

१० हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ र ३२ सय ६२ एन्टीजेन परिक्षणबाट ४ सय ५५ नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ११ सय ३१ जना छन् । काठमाडौंमा ७ सय ५०, ललितपुरमा २ सय ५४ र भक्तपुरमा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक ६ हजार ६ सय ३६ जना संक्रमण मुक्त भएका छन् । अब सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ मा झरेको छ । संक्रमण घटे पनि मृत्यु हुनेको संख्या भने अहिले पनि धेरै नै छ ।

पछिल्लो पटक संक्रमणबाट ९९ जनाको ज्यान गएको छ । यो संगै मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।

हाल १४ सय ४२ जना संक्रमितको आइसीयु र ३ सय ८१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *