Main News

माओवादी केन्द्रद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता

हिमालय टिभी
२०७८ जेठ २३ गते १७:०५
माओवादी केन्द्रद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता

२३ जेठ २०७८ विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बजेट अघिबेशन शुरु हुने अघिल्लो दिन सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेशसभा सचिवालयमा जानकारी दिनु भएको हो ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिनिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल समूहका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए ।

सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेपछि प्रदेशसभामा तत्कालिन नेकपा एमालेको एकल बहुमत रहेकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई कुनै संकट देखिएको छैन । तर सरकारले अध्यादेश मार्फत प्रिबजेटमाथिको छलफलको समय पाँच दिन बनाउने निर्णयबिरुद्ध विपक्षी दलको मोर्चाबन्दी शुरु गरेका छन् ।

यसले सरकारको नीति तथा कार्यक्रम र बजेट ‘फेल हुने’सम्भावना बढाइदिएको छ । सरकारबाट फिर्ता भएको माओवादी केन्द्रलाई प्रतिपक्षी बेञ्चमा राख्न संसद सचिवालयले व्यवस्थापन सुरु गरेको जनाएको छ । ९३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् ।

एमालेका ५१, नेपाली कांग्रेसका, २१, जनता समाजवादी पार्टीका ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्र १र१ सांसद छन । भोलि दिउँसो २ बजे प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *