Main News

डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने

हिमालय टिभी
२०७८ जेठ २३ गते १७:००
डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने

२३ जेठ २०७८ काठमाडौं । डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ।

डेनमार्क सरकारले युनिसेफमार्फत अस्ट्राजेनिकाको खोप अनुदानमा दिन लागेको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीले जानकारी दिनुभयो ।

यो खोप कहिलेसम्म आउने भन्ने टुंगो लागेको छैन । उहाँका अनुसार स्वास्थ्य सेवा विभागले यो खोप ल्याउनका लागि युनिसेफलाई सहजीकरण गर्न आग्रह गरेको छ ।

कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा अस्ट्राजेनिकाको यो खोप लगाउने तयारी गरिएको छ । अहिले १४ लाख व्यक्तिले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

कोभिशिल्डको दोस्रो मात्रा ८ देखि १२ हप्तासम्म लगाउनु पर्ने भए पनि खोप नभएकाले समय घर्किसकेको छ ।

भारत सरकारले कोभिशिल्डको निर्यात रोकेसँगै समस्या भएको हो । डेनमार्कको निर्णयले केही राहत पुग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *