Main News

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

हिमालय टिभी
२०७८ जेठ २३ गते १६:३३
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

२३ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्ने आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सुविधा र सन्तुलनको हिसाबले अतुलनीय क्षति हुने देखिएकाले मुद्दाको किनारा नलागेसम्म थापालाई प्रदेश सभा सदस्यबाट नहटाउन आदेश जारी भएको हो ।

थापालाई राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठकले गत बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाउन प्रदेश सभामा सिफारिस गरेको थियो । र थापा प्रदेश सभा सदस्यबाट पदमुक्त हुनु भएको थियो ।

संसदीय दलको बैठक नबसी आफूलाई प्रदेश सभा सदस्यबाट हटाएको भन्दै थापा सर्वोच्च जानु भएको थियो । थापालाई जनमोर्चाले पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्यबाट समेत हटाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हटाउन प्रतिपक्षी दललाई साथ दिने निर्णय नमानेर मुख्यमन्त्री गुरुङकै लागि सहयोगी भूमिका खेलेपछि थापालाई जनमोर्चाले कारवाही गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *