Main News

आठ विद्यार्थी संगठनद्वारा उपप्रधानमन्त्री महतो प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग

हिमालय टिभी
२०७८ जेठ २३ गते १४:५२
आठ विद्यार्थी संगठनद्वारा उपप्रधानमन्त्री महतो प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग

२३ जेठ २०७८ काठमाडौं । आठ विद्यार्थी संगठनले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको निन्दा गर्दै यसबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

उनीहरुले आज संयुक्त विज्ञप्ति निकाली उपप्रधानमन्त्री महतोले संविधानविपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताविरोधी अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेका हुन् ।

विद्यार्थी संगठनले उप्रधानमन्त्री महतोको अभिव्यक्तिले व्यक्तिगत धारणा मात्रै नजनाउने दावी गर्दै ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृतिको उजागर गरेको टिप्पणी गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग महतोको अभिव्यक्ति बारेमा धारणा मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *