Main News

टेकु अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

हिमालय टिभी
२०७८ जेठ २३ गते ९:२७
टेकु अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

२३ जेठ २०७८ काठमाडौं । विगत तीन साताको तुलनामा काठमाडौँको टेकु अस्पतालमा भर्ना हुने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ ।

अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार गाउँ–गाउँमा सिकिस्त बिरामीको सङ्ख्या धेरै रहेका कारण काठमाडौँ उपत्यका बाहिरबाट बिरामी आउनेक्रम भने चलिरहेको छ ।

‘अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम छ । वैशाख पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्याङ्क बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।’

दोस्रो लहरमा खोप लगाएका मानिस सङ्क्रमित भए पनि कम मात्र सिकिस्त भएको उल्लेख गर्दै उहाँले लेख्नु भएको छ– ‘यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *