Main News
सर्वत्र आलोचना भएपछि उपप्रधानमन्त्री महतो आफ्नो अभिव्यक्ति सच्याउन बाध्य
२०७८ जेठ २३ गते ७:४५
२३ जेठ २०७८ काठमाडौं । चौतर्फी आलोचना भएपछि जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनु भएको छ ।
महतोले मध्यरातमा विज्ञप्ति जारी गरेर अभिव्यक्ति सच्याउनु भएको हो । महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरिएको दाबीसमेत गर्नु भएको छ ।
राष्ट्रिय एकता, अखण्डता र राष्ट्र हितप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै महतोले यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पार्ने प्रयास गर्नु भएको छ ।
मन्त्रीको पदभार सम्हाले लगत्तै महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताउनु भएको थियो ।
उक्त अभिव्यक्तिको राजनीतिक दल र आम नागरिकको तर्फबाट चौतर्फी आलोचना भएको थियो ।
प्रतिक्रिया