Main News

प्रेमिकाको पछि लागेर इन्डोनेशिया पुगेका युवा जेलमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते २०:४७
प्रेमिकाको पछि लागेर इन्डोनेशिया पुगेका युवा जेलमा (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ पर्सा । पर्साका एक युवा इन्डोनेशियाको अध्यागमनको नियन्त्रणमा छन् । भिषाको म्याद नाघेपछि पनि गैरकानूनी रुपमा बसेका उनी पक्राउ परेर थुनामा छन् । अध्यागमनले उनीसँग जरिवाना मागेको छ । तर रकम नहुँदा छुट्न सकेका छैनन् ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीका ३० वर्षीय अशोक साह तुराहा सन् २००८ मा  रोजगारीका लागि मलेसिया जानु भएको थियो । मलेसियामा नै रहँदा इन्डोनेसियाकी युवतीसँग प्रेम भयो । त्यसपछि ९० दिनको पर्यटन भिसामा इन्डोनेसिया पुगेका उहाँ उतै बस्नुभयो ।

उहाँको भिसाको म्याद ८ वर्षअघि नै सन् २०१३ को फेब्रुअरी ५ मा सकिएको थियो । तर उहाँ गत मे १६ तारिखमा पक्राउ पर्नुभयो । गैरकानूनी रुपमा बसेका अशोकसँग अध्यागमनले २ लाख १० हजार रुपैयाँ जरिवाना मागेको छ । तर उहाँसँग रकम छैन । त्यसैले नेपाल फर्कने वातावरण बनाइदिन भन्दै उहाँले आग्रह गरिरहनु भएको छ ।

अशोकको परिवारले पनि उहाँ थुनामा परेको जानकारी पाएको छ । तर २ लाख रुपैयाँ पठाएर अशोकलाई घर फर्काउने सामर्थ्य परिवारसँग पनि छैन ।

घर धितो राखेर लिएको ऋण तिर्न नसक्दै भागरथीलाई अर्को आपत आइलागेको छ । अब गाउँमा ऋण सापटी पत्याउने कोही छैन । सरकारले नै पहल गरेर छोरालाई घर फर्काइदिए हुन्थ्यो भन्ने आमाको आग्रह छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *