Main News

‘प्राकृतिक स्रोतको दोहनले यस्तो वातावरणीय विनाश’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते २०:४३
‘प्राकृतिक स्रोतको दोहनले यस्तो वातावरणीय विनाश’ (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । सरकारले ढुंगा, गिट्टी, बालुवा निकालेर भारत निकासी गर्न लागेपछि अहिले सर्वत्र विरोध भइरहेको छ । स्वेदशमै प्रयोग गर्नका लागि अहिले खोलानालाबाट भइरहेको उत्खननले ठाउँ ठाउँमा बिनाश निम्त्याएको छ । सरकारले अब भारतमै निर्यात गर्ने र व्यापार घाटा कम गर्ने भनेर बजेटमा नै व्यवस्था गरेपछि यसले बिनाश झनै बढ्ने निश्चित छ ।

अधिकांश स्थानीय तहको आम्दानीको मुख्य श्रोत खोला नालाको उत्खनन् हुने गरेको छ । स्थानीय तहले जथाभावी र मनलाग्दी तवरले उत्खनन गर्न अनुमति दिएपछि अहिले प्राकृतिक स्रोतको दोहोन भइरहेको छ ।

अवैध उत्खनन्कै कारण बाढी पहिरो डुबान भूक्षय जस्ता समस्या निम्ति रहेका छन् । अनुगमनकारी निकाय चुपचाप छन् । जसका कारण डरलाग्दो रुपमा नदिजन्य पदार्थको दोहोन भइरहेको छ ।

प्रकृतिक स्रोतको उत्खलनमा कागजी प्रक्रिया पुर्‍याए पनि वातावरणीय असरलाई ख्याल गर्ने गरिएको छैन । नदी र खोलाबाट ठेकेदारले एस्काभेटर लगाएर जथाभावी उत्खनन गरिँदै आएको छ । स्थानीय तहले समेत नियमन नगर्ने र चलखेल गरेर क्षमताभन्दा बढी ढुंगा, गिट्टी, बालुवा निकाल्न दिँदा समस्या बढेको विज्ञको धारणा छ ।

अहिले नै यस्तो समस्या आइरहँदा सरकारले ढुंगा, गिट्टी, बालुवा भारत निकासी गर्ने निर्णय गरेको छ । यसरी खोलानाला र डाँडाकाँडाबाट उत्खनन् गर्दा पानीको मुहान सुक्ने तथा खडेरी लाग्ने विज्ञले चेतावनी दिएका छन् ।

अहिले ढुंगा गिट्टी बालुवा जस्ता निर्माण सामग्री उत्खननका लागि बनाइएको सरकारी मापदण्ड पनि दोहोन गर्नेकै हितमा छ । यसबारेमा अध्ययन गरेर वातावरणीय क्षेत्रमा कम असर गर्ने गरी उत्खननका लागि छुट्टै क्षेत्र तोक्न विज्ञले सुझाव दिएका छन् ।

भएका प्रकृतिक श्रोत र साधनको सदुपयोग गर्न कसैले पनि विवाद निकाल्न हुँदैन । तर त्यसरी सदुपयोग गर्दा विनाश र विपत भने निम्तिनु हुँदैन । सरकारले आसेपासेलाई फाइदा पुग्ने गरी हचुवाका भरमा निर्णय गर्ने गरेको छ । जसको असर समग्र मुलुकले नै भोग्नुपरिरहेको छ ।

 

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *