Main News

कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु, ५ हजार ४२ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ २२ गते १८:११
कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु, ५ हजार ४२ जना संक्रमित थपिए

२२ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण कम हुँदै गएको छ । पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ ।

पछिल्लो पटक ५ हजार ४२ जना संक्रमित थपिदा आठ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । ११ हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ सय २ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा पनि संक्रमण घटेको छ ।

उपत्यकाका तीन जिल्लामा ९ सय ३७ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् । यो केही सातायताकै कम हो । ती मध्ये काठमाडौंमा ७ सय २३, ललितपुरमा १ सय ४१ र भक्तपुरमा ७३ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यका बाहिर मोरङमा २ सय ६८ र झापामा २ सय ४५ जना संक्रमित थपिएका छन् । यस्तै सुर्खेतमा १ सय ५४ र कास्कीमा १ सय ८ जनामा संक्रमण देखिएको छ । संक्रमणमुक्त हुनेको संख्या धेरै भएकाले सक्रिय संक्रमित कम भएकमा छन् ।

सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ मा झरेको छ । देशभरका अस्पतालमा १४ सय ५१ जनाको आइसियू र ३ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *