Main News

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिमा प्रधानमन्त्री ओलीको अनभिज्ञताप्रति गौतम आश्चर्यचकित

हिमालय टिभी
२०७८ जेठ २२ गते १७:०५
उपप्रधानमन्त्री महतोको अभिव्यक्तिमा प्रधानमन्त्री ओलीको अनभिज्ञताप्रति गौतम आश्चर्यचकित

२२ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपप्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै बहुल राष्ट्रिय राज्यबारे दिएको अभिव्यक्तिको चर्को आलोचना भएको छ ।

महतोले उपप्रधान एवं शहरी विकास मन्त्री बनेलगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजान राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताउनु भएको थियो।

नेकपा एमालेका नेता वामदेव गौतमले नेपाललाई विखण्डन गर्ने उद्देश्यका साथ उपप्रधानमन्त्री महतोले आन्दोलन चलाइरहेको प्रतिक्रिया दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबूकमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको गौतमले उल्लेख गर्नुभएको छ ।

एमाले नेता योगेश भट्टराईले पनि महतोको अभिव्यक्तिको आलोचना गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले ‘पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैइसकेको अवस्थामा मन्त्रीमा नियुक्त भएकै दिन यस्तो कुरा उठाउनु राम्रो संकेत नभएको टिप्पणी गर्नुभएको छ ।

देशलाई फेरी द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ ।

एमालेकै अर्का नेता गोकर्ण विष्टले पनि महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको बताउनुभएको छ ।

नेता विष्टले जिम्मेवार नेताबाट यस्ता अभिव्यक्ति आउनु अराजक र संविधान विरोधी भएको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *