मनसुनको बेला हुन सक्ने स्वास्थ्य समस्या समाधान गर्न यस्तो छ सरकारको तयारी (भिडियो रिपोर्टसहित)
२२ जेठ २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले मनसुनको बेला हुन सक्ने स्वास्थ्य समस्या समाधानको तयारी गरिरहेको जनाएको छ ।
वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतका स्वास्थ्य समस्या आउने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो ।
विपतबाट तुरुन्त उद्धार गर्न प्रत्येक स्थानीय तहमा र्यापिड रेन्स्पोन्स टिम गठन गर्न स्वास्थ्यकर्मीलाई तालिम दिइएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले बर्खामा चाहिने आवश्यक स्वास्थ्य सामग्री पनि तयारी अवस्थामा राखिएको बताउनुभयो । यो वर्ष कोरोना महामारी पनि कायम रहेकाले थप सावधानी अपनाउनु पर्ने आवश्यकता रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य स्वयम्सेवक र उद्धारकर्तालाई कोरोना विरुद्धको खोप दिइने पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया